आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०८१ पुष १६, मंगलवार १५:३१
file-photo

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारमा बस्नेछ । सो बैठकमा सरकारका नियमित काम–कारबाहीबारे छलफल र निर्णय हुने जनाइएको छ ।

मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर, हिजो सोमबार बैठक नबसेकाले आज मंगलबार बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।