श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन
काठमाडौं । श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन भएको छ ।
आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्दै उनको नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार, मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो । समितिमा प्रस्तावित राजदूतको सुनुवाइ पछि सर्वसम्मतले अनुमोदन गरिएको हो ।
संसदीय समितिले प्रस्तावित राजदूतको नाम अनुमोदन गरेसँगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
