रास्वपाको सचिवालय बैठक जारी

तु खबर संवाददाता
२०८१ पुष १२, शुक्रबार १७:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक हाल जारी छ । बैठक पार्टी कार्यालय वनस्थलीमा बसिरहेको हो ।

बैठकमा समसामयिक राजनीति,केन्द्रीय विभागमा सदस्यहरू मनोनयन,केन्द्रीय समिति बैठक तयारीलगायतका विषयमा छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

बैठक पार्टीको कार्यवाहक सभापति उपाध्यक्ष डीपी अर्यालको अध्यक्षमा बसिररहेको हो । अर्याल कार्यवाहक सभापति बनेपछि शुक्रबार पहिलो पटक सचिवालय बैठक बसेको हो ।

सहकारी प्रकरणमा सभापति रवि लामिछाने अनुसन्धानमा तानिएपछि अर्याललाई केहीदिन अघि मात्रै कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।