बालेनलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय
काठमाडौं । वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलले सर्वसम्मत निर्णय गरको छ । केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई दलको नेता बनाउने निर्णय गरेका हो ।
प्रतिनिधिसभाको निर्वाचन अघि शाहलाई प्रधानमन्त्री बनाउने घोषणा रास्वपाले गरेको थियो । रास्वपा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेपछि शाहलाई प्रधानमन्त्री बनाउने तय भएको छ । उनलाई प्रधानमन्त्री बनाउनुअघि संसदीय दलको नेता बनाइएको हो । संसदको सबैभन्दा ठूलो दलको नेतालाई वेयटिङ प्रधानमन्त्रीको रुपमा हेरिन्छ ।
यसैबीच, शाह संसदीय दलको नेतामा चयन भएपछि पार्टी सभापति रवी लामिछानेले उनलाई बधाई दिएका छन् । संसदीय दलको तर्फबाट बधाई र शुभकामना दिन चाहन्छु, लामिछानेले भने ।
भोलि शाह नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुने छन् साथै उनको सपथ ग्रहण पनि भोलिकै लागि तय गरिएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सपथ ख्वाएका छन् ।
