तीन विश्वविद्यालयका उपकुलपतिद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८१ पुष १२, शुक्रबार १६:५५

काठमाडौं । विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरुलाई शुक्रबार एक बार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।

कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको हो । शपथ ग्रहण गर्नेहरुमा क्रमशः कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. वेदराज केसी र कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलिया रहेका छन् ।

उनीहरुलाई प्रधानन्त्री ओलीले कार्यकाल सफलताको कामना दिए । सो अवसरमा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित रहेको थियो ।