नवनमुना क्लबलाई जर्सी सहयोग
मकवानपुर । मकवानपुरको बकैयास्थित नवनमुना क्ल बलाई फुटबल जर्सी सहयोग भएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य मिलन पुडासैनीले शुक्रबार एक कार्यक्रमबीच बकैया–४ मा रहेको उक्त क्लबलाई १० थान जर्सी सहयोग गरेका हुन् ।
उक्त जर्सी नेपाली कांग्रेस बकैया–४ का इकाई सभापति सुनिल भोम्जनको पहलमा सहयोग गरिएको हो । सो क्रममा केन्द्रीय सदस्य पुडासैनीले खेलकुदको क्षेत्र सहयोग गर्न पाउँदा आफु खुसी भएको भन्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताए ।
नेविसंघ र सिंगो पार्टीको हितको लागि आफू शिक्षाको क्षेत्रमा मात्र नभई अन्य सामाजिक कार्यमा लागि परिरहने उनले बताए । उनी मकवानपुरको विद्यार्थी माझ प्रख्यात विद्यार्थी नेता हुन् ।
पडासैनी नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख स्वकीय समेत हुन् ।
