आज दुई संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुने संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । सो बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने जनाइएको छ ।
