कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने
काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि एक महिना थप्ने भएको छ । बाढी–पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्लामा समयावधि थप्न लागिइएको हो ।
गत असोज ७ गतेदेखि सुरु भएको सय दिने अभियान १६ पुसमा सकिने गरी समयावधि बनाइएको थियो । सो अवधिभित्र कार्यसम्पादन नसकिएका जिल्लामा एक महिना अवधि थपिन लागिएको हो ।
पार्टीको आन्तरिक कार्य गर्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू तोकिएको छ । पार्टीभित्रको विवाद, तहगत सम्मेलन, क्रियाशील सदस्यता वितरण÷नवीकरण, नियमित बैठक लगायत काम गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
