सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न मन्त्री लामाको आग्रह

तु खबर संवाददाता
२०८१ पुष ८, सोमबार १७:४३

हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरेकी छन् ।

मन्त्री लामाले सोमबार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको मातहतमा रहेको चितवन उद्योग तथा वाणिज्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गँर्दै यस्तो आग्रह गरेकी हुन् ।

मन्त्री लामाले कार्यालयमार्फत एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराउन समेत जोड दिइन् । उनले यस भवन संचालनले सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

साथै एकीकृत सेवा प्रवाह कक्ष पनि संचालनमा आएको कार्यालयका प्रमुख विनोद पौडेलले जानकारी दिए । उनका अनुसार, नवनिर्मित भवन संचालनमा आएसँगै सेवाग्राहीलाई क्युआर कोडमार्फत राजस्व भुक्तानी, नागरिक बडापत्र, निःशुल्क वाईफाई, स्तनपान कक्षा र प्रतीक्षालय कक्षको सुविधा प्रदान गरिनेछ ।

प्रदेश सचिव राजेन्द्रकुमार केसीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, चितवन उद्योग संघका अध्यक्ष मदन भण्डारी लगायत अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।