आज तीन संसदीय समितिको बैठक बस्ने

तु खबर संवाददाता
२०८१ पुष २, मंगलवार ०९:२२
file-photo

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समितिको बैठक बस्ने भएको हो ।

जसअन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । सो बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । सो बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ । उक्त बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ ।