एमाले हेटौंडा नगरको अध्यक्षमा कार्की निर्वाचित
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित भएका छन् ।
एमाले हेटौंडा उपमहानगरपालिकाको दोश्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।
सोमबार भएको निर्वाचनमा कार्कीले १७६ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हाँसिल गरेका हुन् ।
उनको निकट्तम प्रतिस्पर्धी जनरल श्रेष्ठ ‘जेन’ ले १३३ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा राजकुमार बास्तोला, सचिवमा शान्ता गौतम, उपसचिव खुल्लामा शान्तेकुमार तामाङ र उपसचिव महिलामा चन्द्रावती पनेरु विजयी भएका छन् ।
