आज दुई वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो ।
जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । सो बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० र विविध सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
यसैगरी, दिउँसो १ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । सो बैठकमा राष्ट्रिय निकुञ्जहरूको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।