अर्थमन्त्री पौडेल आज अमेरिका प्रस्थान गर्दै
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अमेरिका प्रस्थान गर्ने भएका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन उनी अमेरिकाको वासिङटन डीसी प्रस्थान गर्न लागेका हुन् ।
अर्थमन्त्री पौडेल सोमबार राति त्यसतर्फ प्रस्थान गर्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
डीसी र न्यूयोर्कमा रहँदा उनले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । उनी कात्तिक दोस्रो साता स्वेदश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।



