विष्णु पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधारका आधारमा पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दाको प्रक्रिया अघि बढाउन आवश्यक नरहेको निष्कर्ष निकालेको हो।
अदालतको आदेशसँगै पौडेल अब साधारण तारेखमा बसेर मुद्दाको सामना गर्नेछन्। मुद्दाको थप सुनुवाइ भने अदालतको नियमित प्रक्रियाअनुसार अघि बढ्नेछ।
सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धानका लागि उनलाई सरकारले पक्राउ गरेको थियो । तत्काल प्राप्त प्रमाण लगायतकाको आधारमा उनलाई दोषी मान्न नमिल्ने कारणबाट अदालतले साधारण तारेखमा छोड्ने आदेश गरेको हो ।
अनुसन्धान गर्न भन्दै पौडेलको पटक पटक म्याद थप गर्दै हिरासतमा राखिएको थियो ।
