हेटौंडा हुँदै काठमाडौं जाने दुई सडक बन्द

तु खबर संवाददाता
२०८१ कार्तिक २, शुक्रबार ०९:०८
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा हुँदै काठमाडौं जाने दुई सडक आजदेखि तीन दिन बन्द हुने भएको छ ।

हेटौंडा हुँदै काठमाडौं जाने कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द गर्न लागेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।

मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका वडा नम्वर २, सिमखोलास्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भई रहेको हुनाले उक्त मर्मत कार्य ३ दिन लाग्ने भएकोले दुबै बाटो बन्द गर्न लागेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

उनले सो बाटो हुँदै संचालन हुने सवारीसाधनलाई बैकल्पिक बाटोको रुपमा हेटौंडा–भैंस– पालुङ हुँदै काठमाडौं र कान्तिलोकपथ राजमार्ग हेटौंडा–ठिंगन हुँदै काठमाडौं रुट प्रयोग गर्न आग्रह गरेका छन् ।

काठमाडौंबाट हेटौंडातर्फ आउने सवारीसाधनलाई भने कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली गरी दुबै सडकमा एकतर्फी संचालनको लागि अनुमति दिइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।