नवनियुक्त प्रधानन्यायाधीशद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८१ आश्विन २०, आईतवार १६:०३

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबार नै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

प्रधानन्यायाधीशमा नियुक्त भएसँगै उनले शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरूलगायतको सहभागिता रहेको थियो ।