मन्त्री महर्जनलाई पितृ शोक

तु खबर संवाददाता
२०८१ आश्विन १२, शनिबार १२:२१

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पितृ शोक परेको छ ।

उनका पिता हरिकृष्ण महर्जनको ८४ वर्षको उमेरमा हिजो राति निधन भएको हो ।

निमोनियाका कारण स्वास्थ्यमा समस्या देखा परेपछि महर्जनलाई विहीबारदेखि उपचारको लागि धापाखेलस्थित सुमेरु अस्पतालमा राखिएको थियो । उपचारकै क्रममा उनको गएराति मृत्यु भएको हो ।

स्वर्गीय महर्जनको शवलाई पशुपति आर्यघाटमा धार्मिक परम्परा अनुसार अन्तेष्टि गरिँदै छ ।