सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ ।
बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने गरी आह्वान गरिएको हो ।
श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न उक्त बैठक आह्वान गरिएको हो ।
सअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो ।
राजदूत नियुक्ति सम्बन्धी निर्देशिकामा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।