वैशाख ७ लाई याक दिवसको रुपमा मनाउने सरकारको निर्णय

तु खबर संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १८:२८
file-photo

काठमाडौं । सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बुधबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो बारे जानकारी दिएका हुन् ।

यस्तै, बैठकले बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० खारेज गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

यसैगरी, बैठकमा निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका चार जना कर्मचारी सरुवा गर्ने निर्णय पनि गरेको छ । उक्त बैठकले विभिन्न २१ निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।