बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्षमा सुवेदी

तु खबर संवाददाता
२०८१ आश्विन ४, शुक्रबार ०९:५९

मकवानपुर । बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्षमा कुसुमराज सुवेदी नियुक्त भएका छन् ।

बागमती प्रदेश विश्वविद्यालय कार्यकारी परिषद्को उपाध्यक्षमा सुवेदीलाई नियुक्त गरिएको हो । उपाध्यक्ष विश्वविद्यालयको प्रशासकीय प्रमुख हुने व्यवस्था रहेको छ ।

उपाध्यक्षको नियुक्ति संरक्षक समितिले गठन गरेको छनौट समितिले सिफारिस गरेका तीन जना उम्मेदवारमध्येबाट कार्यकारी परिषद्ले गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार संरक्षक समितिले सुवेदीलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

विश्वविद्यालयको विधानअनुसार उपाध्यक्षको पदावधि ४ वर्षको रहनेछ । सुवेदीसहित सिफारिस समितिले ५ जनाको नाम अन्तिम चरणका लागि छनौट गरेको थियो ।

सिफारिस हुने अन्यमा खेमराज जोशी, देवचन्द्र मानन्धर, धर्मदत्त तिवारी र शिवराज सञ्जेल रहेका छन् ।