चार संसदीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ आश्विन ४, शुक्रबार ०९:१३
file-photo

काठमाडौं । आज विभिन्न चार संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठक आह्वान गरिएको हो ।

जसनुसार, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । उक्त बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । सो बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । सो बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठनका विषयमा छलफल हुनेछ ।

यसैगरी, दिउसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठक बस्नेछ । उक्त बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ ।