मानव अधिकार आयोगको कार्यालय हेटौंडाद्वारा वार्षिक प्रतिवेदन पेश
मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।
गत आर्थिक वर्ष २०८०–०८१ को अवधिमा उक्त कार्यालयद्वारा भएका कामको गतिविधि तथा मानव अधिकारको अवस्था बारेको प्रतिवेदन पेश गरिएको मानव अधिकार आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।
आयोगका उपसचिव पवनकुमार भट्टले प्रदेश प्रमुख देवकोटासमक्ष प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदश बुझेपछी आयोगले सुशासनका लागि धेरै काम गरेको प्रदेश प्रमुख देवकोटाले बताए । अहिलेको समयमा मावन अधिकार आयोगले सरकारले गर्नुपर्ने धेरै कामहरु पनि गरेको भन्दै धन्यवाद दिए ।
आयोगको बागमती प्रदेश कार्यालयमा आर्थिक वर्ष २०८०–०८१ मा मात्रै मानव अधिकारको हनन् भएको भनि नागरिक तथा राजनीतिक अधिकारमा ११ वटा, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारमा ३ वटा, यातनामा २ वटा, बाल अधिकारमा १ वटा, महिला अधिकारमा १ वटा, जातीय विभेदमा १ वटा, अपाङगता भएका व्यक्तिको अधिकारमा ४ वटा तथा अन्यमा वटा गरी जम्मा २६ वटा उजूरी दर्ता भएका छन भने पुराना उजूरी ५९६ रहेका छन ।
सो अवधिमा ७३ वटा उजूरीको अनुसन्धान सम्पन्न भई कानूनी प्रक्रियामा गए पश्चात हाल ५४९ उजूरी अनुसन्धानको क्रममा रहेका आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।
