रास्वपाले पहिलो महाधिवेशन वैशाखमा गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन बैशाखमा गर्ने भएको छ ।
बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २७ गते आफ्नो पार्टीको महाधिवेशन गर्ने घोषणा गरेका हुन् ।
पार्टीको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पहिलो राष्ट्रिय भेलामा आफ्नो राजनीतिक प्रतिवेदन वाचन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
रास्वपाको पहिलो राष्ट्रिय भेला मंगलबारबाट सुरु भएको हो ।
