बागमती प्रदेश उद्योग परिसंघको साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०८१ आश्विन २, बुधबार १७:०१
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

मकवानपुर । बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभा सम्पन्न भएको छ । साधारणसभा बुधबार प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको हो ।

कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथि लामाले उद्योगको अधिकार प्रदेश सरकारलाई नभएपनि यहाँ उद्योगहरु चल्ने वातावरण तयार गर्नका लागि आफु सदैब तयार रहने प्रतिबद्धता जनाए ।

उनले उद्योग धन्दा खोल्नेहरुलाई अहिले पनि धेरै तिरबाट दुःख दिने गरेको उनले बताए । उद्योगधन्दा सञ्चालन विना रोजगारीको सृजना नहुने पनि उनले स्पष्ट पारे ।

यस्तै, बागमती प्रदेशको उद्योग, वाणिज्य, प्रशासन तथा भूमी मन्त्री सुकुमाया तामाङले स्वदेशी उद्योगहरुले उत्पादन गरेका सामान सरकार र नागरिकले प्रयोग नगरेको गुनासो गरिन् । उनले उद्योगहरुले महिलाहरुलाई स्वरोजगार बनाउनका लागि ठूलो मद्दत गरेको बताइन् ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष बिरेन्द्र राज पाण्डे, बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित कुमार घलान लगायतकाले मन्तव्य राखेका थिए ।