रास्वपाको राष्ट्रिय भेलाः आजबाट समूहगत छलफल हुने

तु खबर संवाददाता
२०८१ आश्विन २, बुधबार ०९:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आज पनि जारी रहनेछ । भेला काठमाडौंको प्रज्ञा भवनमा मंगलबारबाट सुरु भएको हो ।

आजको भेलामा मंगलबार प्रस्तुत गरिएको सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुने, आज नै दलका नेताहरूले प्रश्नको उत्तर दिने र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ ।

यसअघि मंगलबार भेलामा प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका थिए भने कोषाध्यक्ष लिमा अधिकारी र देखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

यस्तै, मंगलबार अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन, उपसभापति डा.स्वर्णिम वाग्लेले नीति विचार प्रतिवेदन, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए ।

भेलामा १ हजार ५ सय बढी प्रतिनिधिहरू उपस्थित छन् ।