आज दुई संसदीय समितिको बैठक बस्ने

तु खबर संवाददाता
२०८१ आश्विन २, बुधबार ०९:१४
file-photo

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

जसअनुसार, अर्थ समितिको बैठक ११ बजे बस्नेछ । सो बैठकमा समितिको आन्तरिक छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे नै बस्ने गरी बोलाइएको छ ।

उक्त बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था (वित्तीय र भौतिक), प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ ।