प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

तु खबर संवाददाता
२०८१ भाद्र ३१, सोमबार १८:३९

काठमाडौँ । प्रकाशमान सिंह राउत सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका छन् ।

सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

अब संसदीय सुनाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त हुने छन् ।