संवैधानिक परिषद् बैठक जारी
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको संवैधानिक परिषद्को बैठक हाल जारी छ ।
बैठक सिंहदरबारमा बसिररहेको हो । सो बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने जनाइएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि प्रधानमन्त्री ओलीले दोस्रो पटक संवैधानिक परिषद्को बैठक आह्वान गरेका हुन् ।
यसअघि बुधबार परिषद्को बैठक बोलाए पनि स्थगित भएको थियो ।
