देशका ४२ जिल्लामा सुपथ मूल्य पसल संचालन हुँदै

तु खबर संवाददाता
२०८१ भाद्र २७, बिहीबार १६:४६

काठमाडौं । सरकारले चाडबाँडलाई लक्षित गरी आगामी असोज ७ गतेबाट सुपथ मूल्य पसल संचालन गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुपथ मूल्यका पसल देशभर ४२ वटा जिल्लामा संचालन हुने बताए ।

मन्त्री भण्डारीलेले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो जानकाी दिएका हुन् ।

साथै चाडबाडमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिने गरी सुपथ मूल्यमा खाद्यान्नहरू उपलब्ध गराइने पनि उनले बताए ।

उनका अनुसार, चामल, दालमा पाँच रुपियाँ छुट दिने र चिनीमा अहिलेको बजार १०७ रहेको र घटाउने योजना बनाइरहेको छ ।

चिनी, दाल, चिउरा, नुन, मैदालगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रूपमा गुणस्तरीय वस्तु उपलब्ध गराउने सरकारको उद्देश्य रहेको उनको भनाई छ ।