तरुण दलद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान
काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । बैठक आगामी असोज ५ र ६ गते बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा नेपाल तरुण दलको विधान संशोधित मस्यौदाबारे छलफलसहित निर्माणार्थ प्रस्तुत गर्ने जनाइएको छ ।
बैठक भक्तपुरको लोकन्थली स्थित दिव्यश्वरी पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने गरी आह्वान गरिएको छ ।
