नेकपा माओवादी भीमफेदी–२ को दोस्रो अधिवेशन सम्पन्न

तु खबर संवाददाता
२०८१ भाद्र २५, मंगलवार ०८:५६

मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशन नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सासंद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा प्रमुख अतिथि मोक्तानले प्रविधि मैत्रीपूर्ण र समाज रुपान्तरणमा लाग्न पर्ने उन्नत बिचार समाजमा स्थापित गर्नको लागि प्रभावकारी ढंगबाट अगाडि बढ्नुपर्ने बताइन् ।

नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन र जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका भीमफेदी गाउँपालिका कमिटी इन्चार्ज अप्सरा लोप्चन, भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष बद्री बहादुर स्याङ्तान, उपाध्यक्ष आत्माराम मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिकाका उपाध्यक्ष आत्माराम मोक्तानले राखेका थिए भने कार्यक्रम माओवादी केन्द्र भीमफेदी–२ का अध्यक्ष लेखराम डिम्डुङको सभाध्यक्षतामा भएको हो ।