हेटौंडा अस्पतालमा उपचाररत् बिरामीलाई फलफूल

तु खबर संवाददाता
२०८१ भाद्र २४, सोमबार १४:१७

मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले हेटौंडा अस्पतालमा उपचाररत् बिरामीलाई फलफूल वितरण गरेको छ ।

सोमबार परेको १११ औँ वी.पी जयन्तीको अवसरमा संघले उक्त अस्पतालमा उपचाररत् ६० जना बिरामीलाई फलफूल वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रम संघका अध्यक्ष हरि मुक्तानको संयोजकत्वमा भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य चम्फु रत्न लामा, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मिलन पुडासैनी, जिल्ला सदस्य राजकुमार गोले, तामाङ संघ केन्द्रिय सदस्य मिना लामा, नेवि सघ कार्यबाहक अध्यक्ष सन्तोष चौलागाईं लगायतको सहभागिता रहेको थियो ।