प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री ओलीको निमन्त्रणामा देउवा छलफलका लागि बालुवाटार पुगेका हुन् ।
कांग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
कांग्रेसको भागमा चार मन्त्री परेका छन् । पार्टीभित्रका समूहको भागबण्डा मिलाउन नसक्दा कांग्रेसले सूची बुझाउन सकेको छैन । कोशी सरकारबाट माओवादी केन्द्र ११ साउनमा बाहिरिएको थियो ।
दुई दलबीचको छलफलमा गृहमन्त्री रमेश लेखक पनि बोलाइएको छ । गृहमन्त्री लेखकले आज नै प्रधानमन्त्री ओलीसँग प्रहरी र शसस्त्र प्रहरी विधेयक बारे छलफल गर्ने तय भएको छ ।
