प्रस्तावित राजदूतको सुनुवाइ भदौ २४ गतेसम्म स्थगित
काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ यही भदौ २४ गतेसम्मका लागि स्थगन गरिएको छ ।
एक साताभित्र प्रस्तावित राजदूतहरूको सुनुवाइ सक्ने भनिए पनि समितिको अर्को बैठक २४ गते पुगेपछि सुनुवाइ पनि लम्बिएको जनाइएको हो ।
राजदूतहरूको सुनुवाइ आइतबारबाट सुरु भएको थियो । अहिलेसम्म १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सम्पन्न भएको छ ।
बुधवार दक्षिण कोरिया, साउदी अरब, रुस र दक्षिण अफ्रिकामा प्रस्तावित राजदूतको सुनुवाइ भएको हो ।
सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्ययोजना पेश गरेका थिए ।
