राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगले बुधबार वार्षिक प्रतिवेदन पेश गरेको छ ।
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले शितल निवासमा पुगेर राष्ट्रपति पौडेललाई आयोगको आठौं वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन पेश गरेपछि अध्यक्ष ठाकुरले गत आर्थिक वर्षमा बजेट शून्यता रहेका कारण कार्ययोजना अनुसारको काम गर्न नसकिएको बताए ।
उनले आदिवासी भाषा दशक (सन २०२२–३२) चलिरहेको अवस्थामा आयोगले अपेक्षित योगदान गर्न नसकेको, लोप हुन लागेका भाषाहरुको रक्षाका लागि गर्नुपर्ने अभिलेखीकरणका कामहरु, भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुँदै गरेका कामहरु पनि अघि बढाउन नसकिएको गुनासो गरे ।
आयोगले मातृभाषाको संरक्षण, नेपालमा बोलिने भाषाको ब्याकरण लेखन, अभिलेखनलगायतको कार्य गर्दै आएको छ ।
