प्रत्येक महिनाको अन्तिम बिहीबार प्रेसमिट गर्ने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मासिक रूपमा प्रेसमिट गर्ने निर्णय गरेको छ ।
भदौ महिनाबाट (नेपाली क्यालेन्डर अनुसार) को प्रत्येक महिनाको अन्तिम बिहीबार पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको पार्टीका कार्यबहाक प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
सोही अनुसार यो महिनाको पत्रकार सम्मेलन भदौ २७ बिहीबार हुने कार्यबहाक प्रवक्ता सुमनले बताए ।
सम्मेलन पार्टी कार्यालयमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म हुने उनले बताए ।
