प्रधानमन्त्री र भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीबीच भेटवार्ता

तु खबर संवाददाता
२०८१ भाद्र १७, सोमबार १५:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गरेका थिए ।

उनले दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायतको सहभागीता रहेको थियो ।