मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बतायो ।
हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हद सकिँदैछ ।
यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको जनाइएको छ ।
गड्तौला साउन १० मा मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव बनेकी हुन् ।
