उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ भाद्र १२, बुधबार १०:५०

मकवानपुर । बागमती प्रदेश सभा अन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक आह्वान गरिएको छ ।

बैठक आज दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको हो । विगत एक वर्षदेखि विचाराधीन विधेयकमाथि छलफल गर्न उक्त बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

समितिको आज बस्ने बैठकले २०८० असोजमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा छलफल र संशोधन प्रस्ताव टुङ्ग्याउने तयारी गरेको जनाइएको छ ।

सो विधेयकका विभिन्न दफा उपर ५ सांसदले २० वटा संशोधन दर्ता गरेका छन् ।