एमाले केन्द्रीय कार्यालयको बैठक ११ बजे बस्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।
बैठक केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ । उक्त बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने जनाइएको छ ।
एमालेको पार्टी सचिवालय बैठक मंगलबार बस्ने तयारी छ ।
