आज उद्योग तथा वाणिज्य समितिको बैठक बस्ने

तु खबर संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १०:१९
file-photo

काठमाडौं । संघीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठक सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

उक्त बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।