रास्वपाको केन्द्रीय समिति बैठक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक हाल जारी छ । बैठक बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको हो ।
उक्त बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने रास्वपाले जनाएको छ ।
यस्तै, बैठकमा केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमबारे पनि छलफल हुने जनाइएको छ ।
