आज एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार ०९:१७
file-photo

काठमाडौं । आज एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

जसअन्तर्गत बिहान ११ बजे अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने गरी बोलाइएको छ ।

यसैगरी, बिहान ११ बजे नै महिला तथा सामाजिक मामिला समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोलाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भने दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ ।

ती सबै बैठकमा समसामयिकलगायत राजनीतिक र विभिन्न विधेयकको बारेमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।