अनेमसंघ थाहा नगर कमिटीको अधिवेशन भदौ २९ मा हुने
मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगर कमिटीको अधिवेशन आगामी भदौ २९ गते हुने भएको छ ।
साउन २९ गते मंगलबार बसेको नगर अधिवेशन आयोजक कमिटीको बैठकले अधिवेशनको मिति घोषणा गरेको हो ।
बैठक नगर संयोजक यसोदा अधिकारीको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् अनेमसंघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेको प्रमुख आतिथ्यतामा बसेको हो ।
बैठकले संयोजक अधिकारी, सचिव जानकी श्रेष्ठ, कल्पना लामिछाने, मेनुका ढकाल, अनिता कार्की, गङ्गा घले, शारदा कार्की, बालकुमारी गोपाली, सानुमैया विक, सोममाया बल, निशा दोङलगायत सम्मिलित सचिवालय कमिटी गठन गरेको छ ।
यस्तै, बैठकले आर्थिक कमिटी, अतिथि सत्कार, हल तथा साउन्ड सिस्टम, खाजा तथा पानी व्यवस्थापन र प्रचारप्रसार उपसमितिहरु गठन गरेको छ ।
अधिवेशनका लागि वडा अधिवेशन गर्न बाँकी वडाहरुको भदौ १५ गतेभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा एमाले जिल्ला कमिटी सदस्य तथा थाहा नगर इञ्चार्ज बिमल कुमार ढकाल, नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, अनेमसंघ जिल्ला सचिव सुशिला मल्ल, जिल्ला सदस्य शान्ता रिमाललगायतको आतिथ्यता थियो ।
