शिक्षामन्त्री भट्टराई र अमेरिकी राजदूत थम्पसनबिच भेटवार्ता

तु खबर संवाददाता
२०८१ श्रावण २४, बिहीबार १७:३६

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबिच भेटघाट भएको छ ।

नेपाल र अमेरिकाबिच शिक्षा क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका बारेमा भेटमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री भट्टराइले नेपालको शिक्षासहित विभिन्न क्षेत्रमा अमेरिकाले पुर्याएको योगदानका लागि धन्यवाद दिइन् ।

मन्त्री भट्टराईले आगामी दिनमा सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न निरन्तर सहयोगको अपेक्षा रहेको समेत बताइन् ।

नेपाली शिक्षाको क्षेत्रमा अमेरिकी सरकारको प्रेरणादायी सहयोगले विकासको फड्को मार्न सहयोगी भूमिका रहने मन्त्री भट्टराईको भनाइ थियो ।

राजदूत थोम्पसनले नेपाल र अमेरिकाबिचको दशकौं पुरानो सम्बन्धलाई थप मजबुत बनाउँदै विकासमा योगदान दिन तत्पर रहेको बताएका थिए ।