सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

तु खबर संवाददाता
२०८१ श्रावण २३, बुधबार १७:२८
file-photo

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक हाल जारी छ ।

नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक हाल बसिरहेको हो ।

बैठकले हेलिकोप्टर दुर्घटनाबारे छानबिन समिति गठन गर्ने अपेक्षा गरिएको जनाइएको छ ।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर चार जना चिनियाँ नागरिक र एक नेपाली नागरिक गरी पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा क्रमशः चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, क्याप्टेन के मल्ल र एक नेपाली अरुण मल्ल रहेका छन् । तीमध्ये अरुण मल्ल हेडिकप्टर पाइलट हुन् ।