संविधान सभा सदस्य अग्रवालको निधन

तु खबर संवाददाता
२०८१ श्रावण २२, मंगलवार १६:०९

काठमाडौं । संविधान सभा सदस्य एवम् वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको गएराति निधन भएको छ ।

मारवाडी सेवा समितिका पूर्वध्यक्ष समेत रहेका अग्रवाल ७७ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय अग्रवाल लामो समयदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए । स्व अग्रवालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।