परराष्ट्र मन्त्रालयको सचिव ओमान जाँदै
काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिव सेवा लम्साल भोलि सोमबार ओमान जाने भएकी छन् ।
सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमानको राजधानी मस्कट जान लागेकी हुन् ।
यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् ।
भ्रमणको क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
सचिव लम्साल यही साउन २५ गते स्वदेश फर्किने कार्यसूची रहेको छ ।
