कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी ४ मन्त्रीले लिए शपथ
काठमाडौँ । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी ४ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन् । उनीहरुलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
कांग्रेसले गत शुक्रवार नै आफ्ना तर्फबाट मन्त्री हुने सांसदहरूको नामावली मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो । तर मुख्यमन्त्री कँडेलले अर्थ मन्त्रालय आफैसँग राख्न खोजेपछि त्यस दिन मन्त्रीहरूको नियुक्ति र शपथ हुन सकेको थिएन ।
