आज तीन वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद् अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
अर्थ समितिको बैठक दिउँसो १ बजे बस्नेछ । सो बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गरिने जनाइएको छ ।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्ने उक्त बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिने जनाइएको छ ।
यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा समितिको गत आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन माथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
